Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
दिमित्रोभले जिते बर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि

 

काठमाडौं, मंसिर ४ । बुल्गेरियाका ग्रिगोर दिमित्रोभले वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधि जितेका छन् ।

आइतबार राती भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई हराउँदै दिमित्रोभले उपाधि जितेका हुन् ।

गोफिन विरुद्धको खेल दिमित्रोभले ७-५, ४-६ र ६-३ को सेटमा जिते ।

योसँगै छैटौं वरियताका दिमित्रोभ एटिपी फाइनल्सको डेब्यु प्रतियोगितामै उपाधि जित्ने पछिल्लो १९ वर्षयताका पहिलो खेलाडी बनेका छन् ।

यसपटक शीर्ष खेलाडीहरु एण्डी मरे र नोभाक जोकोभिचले चोटका काराण प्रतियोगिता गुमाएका थिए भने राफाईल नदालले पनि शारिरिक समस्याका कारण बिचमै प्रतियोगिता छाड्नुपरेको थियो ।

अर्का उपाधि दावेदार रोजर फेडेरर सेमिफाइनलमै पराजित भएका थिए । 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...