Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
मोरक्कोमा भागदौड मच्चिंदा कम्तिमा १५ जनाको मृत्यु, ४० बढी घाईते

 

काठमाडौं, मंसिर ४ । मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो ।

स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो ।

ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो महिला र बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौड मच्चिनुको कारण भने खुलेको छैन ।(एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...