Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
राजनीति
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी, प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै

 

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएपछि उनलाई उपाचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार आज बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन ।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका पुष्पकमल दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् ।

यस्तै चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन् । प्रकाशलाई हृदयघात भएको जनाइएको छ । 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...