Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
राजनीति
सांसदको कुर्सी मिलाउनमात्र साढे तीन करोड खर्च

 

काठमाडौं, मंसिर १ । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ ।

संसद सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुईवटा हलको सामान्य पुनःसंरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ ।

सभाकक्षको मुख्य हलमा संविधानसभा र व्यवस्थापिका संसदका ६०१ सदस्यका लागि कुर्सी र माइक जडान गरिएका छन् । प्रतिनिधिसभा बैठक कक्षका रुपमा पुनःसंरचना गर्न लागिएको उक्त कक्षमा दुवै सदनको संयुक्त बैठक बस्नसमेत पुग्ने गरी ३३४ कुर्सी राख्न खोजिएको छ ।

सचिवालयले कुर्सीको संख्या घटाउँदा निस्कने फराकिलो ठाउँको सजावट र कुर्सी ढाकिएका सेता खोललाई हरियोले प्रतिस्थापन गर्नमात्रै ठूलो रकम खर्चिन लागेको हो । –कान्तिपुर दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...