Date Tuesday, 2017 Nov 21
Studio Time 04:20:00 NST
News »
देश
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, जमुना गुरुङ भारी मतले पराजित

 

काठमाडौं, असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन् ।

उनले ११ सय ९७ मत प्राप्त गरे । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए ।

एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् ।

उपाध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन भने महासचिवमा डा.बद्रि केसी विजयी भएका छन् ।

दुई जना सचिवमा डम्बरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् भने कोषध्यक्षमा हिक्मतबहादुर थापा विजयी भएका छन् ।

सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए ।

जसमध्ये भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरे भने उनकै प्रतिद्धन्द्धी जमुना गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...