Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
श्रीलंकाको एक कपडा उद्योगका एक सयभन्दा बढी मजदुर एकसाथ बिरामी

कोलम्बो, असोज २७ । श्रीलंकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जनाभन्दा बढी मजदुर बिरामी भएका छन् ।

विषाक्त खानाका कारण बिरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको बिहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए ।

खाजा खानेबित्तिकै आफूहरुलाई पेट दुख्ने, असजिलो महसुस हुने, बान्ता हुनेलगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् । बिरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाइ छ ।

झन्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । बिहानको खाना खाएपछि उनीहरु बिरामी भएका थिए । (एजेन्सी) 

Program Schedule
Tamor Short News 10.00AM - 10.10AM Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM View all
Dedicate A Song
Public Poll

Loading...