Date Sunday, 2018 Feb 18
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
अमेरिका बाहिरिएलगत्तै इजरायल पनि बाहिरियो युनेस्कोबाट

वासिंटन, असोज २७ । अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट हट्ने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् ।

यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै त्यसबाट हटेको थियो । अमेरिकाले युनेस्कोलाई पक्षपाती भएको आरोप लगाएको थियो ।

उसले युनेस्को आर्थिक बोझ भएकाले यसमा सुधार गर्नुपर्ने बताएको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूले विज्ञप्ति जारी गर्दै अमेरिकाको यो निर्णयलाई ‘बहादुर’ र ‘नैतिकता’का संज्ञा दिएका थिए ।

युनेस्कोले विश्वभरका सम्पदा सूचीको पहिचान गर्दै आएको छ । (एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...