Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
राजनीति
कांग्रेस केन्द्रीय समितिको बैठक आज, राजनीतिक घटनाक्रमको समीक्षा गर्ने

काठमाडौं, असोज २० । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने छ । सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने बताइएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...