Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
राजनीति
सचिव योगेशले खोले कुरा :- टिकाको साहितमा सहमति हुँदै थियोे

 

 
 

 

  ताप्लेजुङ, असोज २० । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्र र एमाले विच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने विषयको सहमति टिकाको साहितमानै भएको खुलासा गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङको बैठकलाई संबोधन गर्दै सचिव भट्टराईले १४ गते शनिवार विहान ११ः५५ बजे दुई नेता विच सहमति भएको र त्यसलाई अन्तिम रुप १५ गते विहानको एमाले स्थाई समितिको बैठकले दिएको बताउनुभयो ।

सहमति कार्यन्योयनका विषयमा माओवादि, एमाले कार्यकर्ता सहित राजनिति बृत्तमा अनेकौ आशंका उब्जिए पनि सहमतिको बुँदामा दुबै दल तलमाथि नगर्नेमा ढुक्क हुन कार्यकर्तालाई उहाँले आग्रह समेत गर्नुभयो ।

यसै बिच प्रचार विभाग प्रमुख समेत रहनुभएका भट्टराईले अहिलेनै शेरबहादुर देउवा नेतृत्वको वर्तमान ढाल्ने योजना नरहेको बताउनु भयो । यो सरकारलेनै प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउने उहाँको भनाई रहेको छ ।

उहाँले माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि सरकार परिवर्तनमा नयाँ गठबन्धन नलाग्ने बताउनुभएको हो ।

एमालेसँग चुनावी तालमेलको सहमति गरेको सत्तारुढ माओवादीले पनि सरकारको समर्थन अहिलेनै फिर्ता नलिने र देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउँदा आपत्ति नरहेको बताउनुभयो ।

एमाले माओवादी गठबन्धन लगत्तै अहिलेको सत्ता गठबन्धन भत्किएको र नयाँ सरकार बन्ने चर्चा चले पनि कानुनि र संबैधानिक रुपमा सरकार परीवर्तन गर्ने समय नरहेको उहाँको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि केन्द्र र प्रदेश सबैतिर वामपन्थी नेतृत्वको सरकार गठन गर्ने बाहेक एमालेको अरु लक्ष्य नरहेको समेत उहाँको दावि रहेको छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...