Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी, असोज १२ । बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।’

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुर्‍यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो । (रासस)

Program Schedule
Dedicate A Song
Public Poll

Loading...