Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
नेपालको अर्थतन्त्र विस्तार अनुमान गरिएभन्दा कम दरमा : एडीबी

काठमाडौं, असोज १२ । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा अनुमान गरिएभन्दा कम दरले अर्थतन्त्रको विस्तार हुने प्रक्षेपण गरेको छ ।

बैंकका अनुसार यस वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै रहने जनाएको छ । एडीबीले यसअघि आफैंले गरेको प्रक्षेपणलाई हटाएको हो ।

सुरुमा ५.४ प्रतिशतका दरले नेपाली अर्थतन्त्र बढ्ने एडीबीको प्रक्षेपण थियो ।

अर्को ठूलो दातृ निकाय विश्व बैंकले वृद्धिदरको प्रक्षेपण घटाएलगत्तै एडीबीको पनि यो अध्ययन सार्वजनिक भएको हो । विश्व बैंकले ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

एडीबी र विश्व बैंक दुवैको प्रक्षेपण सरकारी अनुमानभन्दा २ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेटमा यस वर्ष ६.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । –कान्तिपुर दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...