Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
उपत्यकामा एक सातामा ४४ करोडका खसीबोका बिक्री

काठमाडौं, असोज १२ । घटस्थापनादेखि फुतपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका/च्यांग्रा बिक्री भएका छन् ।

चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोका/च्यांग्रा बिकेका छन् । औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।

यस्तै नेपाल खाद्य संस्थानले खसी, बोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार ती खसी, बोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् ।

संस्थानले प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गरेको थियो ।

चौपाया संघले प्रतिकिलो च्यांग्रा ७ सय २० र खसी ५ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ । –कान्तिपुर दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...