Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय आम्दानी घट्यो

काठमाडौं, असोज १० । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा झण्डै २२ प्रतिशतले कमी आएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको छ । गत वर्षभन्दा दुई अर्ब ५० करोड कम आम्दानी गरेको टेलिकमको आम्दानी २१.७३ प्रतिशतले घटेको हो ।

टेलिकमले अन्तर्राष्ट्रिय कलबाट यस वर्ष १३ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

यसै सन्दर्भमा टेलिकमलाई अन्तर्राष्ट्रिय कलबाट गर्ने आम्दानी घटेको विषयमा सात दिनभित्र सत्यतथ्य जानकारी गराउन संसदको विकास समितिले सोमबार निर्देशन दिएको छ । –नागरिक दैनिकबाट 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...