Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
प्रवास
जापानमा बस दुर्घटना, १० नेपाली घाइते

काठमाडौं, असोज ९ । जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मीना केसी, रुद्रपुर गाउँपालिका छपाली टोलकी मीना श्रीश मगर, बाग्लुङको चमुवाकी लक्ष्मी चालिसे सुवेदी, रितुरमणपाल दर्नाल र कमला नेपाली छन् ।

साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको ठेगाना थाहा हुन सकेको छैन ।

आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २२ मध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी छन् । –कान्तिपुर दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...