Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
राजनीति
मुख्यसचिब बन्न दौड, कसको छ सम्भावना ?

काठमाडौं, असोज ८ । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।

मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले शनिबार अन्नपूर्णसँग भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए ।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।

तत्कालीन मुख्यसचिव डा।सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् ।

तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् ।

सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

दौडमा तीन सचिव

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् ।

त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए ।
यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् ।

समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् । ‘मन्त्रीहरूले जस्तोसुकै खराब काम गराउन दबाब दिए पनि त्यसको प्रतिरोध गर्दैनन् बरु सहर्ष स्विकार्छन्’, उनका एक समकालीनले भने । यी सबैका बाबजुद आगामी मुख्यसचिवको दौडमा धेरैले रेग्मीलाई नै अघि बढेको देखेका छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...