Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
राजनीति
राष्ट्रपति र उपराष्ट्रपतिलाई मुद्दा नलाग्ने

काठमाडौं, असोज ८ । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ ।

संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाा वर्तमान र पुर्वराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन नपाउने व्यवस्था राखिएको छ ।

संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको थियो ।

विधेयकको दफा १६ मा रहको मुद्धा नचलाईने शक्र्षकमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्धा चर्लाइने छैन, भन्ने उल्लेख गरिएको छ ।

राष्ट्रपतिको अतिथि सत्कार खर्च मासिन डेढ लाख, विदेश भ्रमण भत्ता दैनिक २ सय ५० डलर रहेको छ । -नागरिक दैनिकबाट 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...