Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
बार्सिलोनाले गिरोनालाई हरायो, स्वारेजले गरे गोल

काठमाडौं, असोज ८ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायमै राखेको छ ।

लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३-० गोलले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो ।

बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे ।

दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ ।

समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...