Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
बिजुलीबाट चार्ज गरेर चलाउने यस्तो गाडी नेपालमै आयो, मूल्य कति ?

 

 
 
 
 

 

काठमाडौं । विश्वविख्यात भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको बहुप्रतिक्षित बिजसलीबाट चार्ज गरेर चलाउने कार ‘इटुओ–प्लस’ नेपाली बजारमा भित्रिएको छ ।

काठमाडौंमा लोडसेडिङ हटेपछि महिन्द्राले इलेक्ट्रिक गाडी नेपालमा ल्याउने क्रम तीव्र पारेको छ । यसैक्रममा फोरडोर (४ वटा ढोका) सहितको इटु–प्लस नपाली बजारमा आएको हो । यसअघि इटुओमा दुई भर्सन नेपालमा टु–डोर (२ ढोका)मा मात्रै उपलब्ध थिए । अब सुलभ मूल्यमा नै शानदार इलेक्ट्रिक गाडी चढ्न चाहानेका लागि यसले भरपर्दो विकल्प दिएको छ ।

यसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ । ‘महिन्द्रा इटुओ’को स्मार्ट भर्सनका रुपमा आएको इटुओ(प्लस निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले दावी गरेको छ । गाडी सार्वजनिक गर्दै महिन्द्रा एण्ड महिन्द्राका चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठुले भने ,’यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो ।’ उनले छिटै इलेक्ट्रिक गाडीले अन्य फ्युलबाट चल्ने गाडीलाई उछिन्ने विश्वास पनि ब्यक्त गरे । ‘स्मार्ट इलेक्ट्रिक कार’ का प्रयोगकर्ता यसमा जडित प्रविधि र सुबिधाबाट ग्राहक निकै सन्तुष्ट हुने दावी महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले गरेको छ ।

आकर्षक र सुरक्षित कार

इटुओभन्दा पनि आकर्षक स्वरुप र सुविधामा नयाँ कारलाई प्रस्तुत गरिएकाले जो(कसैको रोजाईमा इटुओ(प्लस पर्ने विश्वास कम्पनीले गरेको छ । यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ । यसका लागि डअल साइड इम्प्याक्ट बिम, हिल होल्ड असिस्ट, इएलआर सिटबेल्ट, रेयर डोर चाइल्ड लक, फ्रन्टल कम्पल जोन, लगायतका सिस्टम जडान गरिएको छ । इटुओ–प्लस डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा स्टेट अफ दि आर्ट इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा रेडियोसहित एसडी कार्ड डाटा लगातका सुविधा छ । यो कार घरमा सहजै चार्ज गर्न सकिन्छ । डिजिटल क्लष्टर विद ड्राइभ इन्फरमेशन लगायतका फिचर्स पनि छन् । स्मार्टफोन कनेक्टिीभिटी, रिभर्स क्यामेरा, महिन्द्रा सिग्नेचर ग्रील, क्रिष्टल एलईडी ल्याम्प, र पर्याप्त बूट स्पेश लगायतका फिचरले पनि यो गाडीलाई विशेष बनाएको छ ।

शक्तिशाली कार

इलेक्ट्रिक पावर स्टेयरिङ रहेको यो गाडी एकपटक चार्ज गरेपछि १४० किलोमिटर कु्न सक्छ । यसले ८५ कलिोमिटर प्रतिघण्टाको गति दिनसक्छ । यो कारमा इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ । आकर्षक डिजाइनसहितको यो गाडीभित्र पर्याप्त स्पेश छ । यसमा ४ जनाले सहजै यात्रा गर्न सक्छन् । विद्युतबाट चल्ने हुँदा महिन्द्रा इटुओ–प्लसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।

मूल्य र सुविधा

इटुओ–प्लसको मूल्य नेपाली बजारमा ३१ लाख रुपैयाँ तय भएको छ । सरकारले विद्युतीय पारवाहनको भन्सार दरमा कटौति गरेपछि इटुओ–प्लस निकै सुलभ मूल्यमा किन्न सकिने भएको हो । नेपाल सरकारले विद्युतीय कारलाई प्रर्बद्धन गर्ने नीति लिएका कारण यो कार चढ्ने ग्राहकले रोड ट्याक्स समेत तिर्नु पर्दैन । अन्य कर पनि पेट्रोल वा डिजेल इन्जिनयुक्त गाडीले भन्दा आधा तिरे पुग्छ ।

यो कार कोरल ब्ल्यु, वाइन रेड, आर्कटिक सिल्भर र सोलिड ह्वाइट कलरमा उपलब्ध छ ।

न्युन सञ्चालन खर्च

यिनै विशेषताका कारण यसले विलासी यात्राको अनुभुती दिलाउँछ । युरेपियनको टेक्नोलोजी प्रयोग गरिएको यो कार भारतको बैंंलोर प्लान्टमा निर्माण भएको हो । यसको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको दावी कम्पनीको छ । तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन ।

सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिग्रिँदैन । त्यसैले सामान्य आम्दानी भएका मध्यम वर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त रहेको छ । अपरेशन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त देखिएको कम्पनीको भनाइ छ । नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिने देखिन्छ । व्यस्त सडक सुहाउँदो यो विद्युतीय कार प्रयोगकर्तालाई इन्धनको लामो लाइनमा बस्नु पर्दैन । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले नयाँ कार झनै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...