Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
खेलकुद
म्यानचेस्टर युनाइटेड र चेल्सीको शानदार जित

असोज ५ – म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र एभर्टन इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बर्टन एल्बियनलाई ४–१ ले हराउँदै जोसे मोरिन्होको टिमले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई तथा जेसी लिङ्गार्ड र एन्थोनी मार्सलले एक एक गोल गरे । बर्टन एल्बियनका लागि लर्ड डायरले एक गोल फर्काए । अर्को खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई २–१ ले हरायो । सिटीको जितमा दुवै गोल लिरोय सानेले गरे । वेष्ट ब्रोमका लागि क्लाउडियो याकोबले एक गोल फर्काए । यस्तै चेल्सीले नोटिङहम फरेस्टलाई ५–१ ले हरायो । चेल्सीको जितमा मिसी बात्सुयीले ह्याट्रिक गरे भने केनेडी र चार्ली मुसोन्डाले एक एक गोल गरे । नोटिङहमका लागि टेन्डेयी डारिक्वाले एक गोल फर्काए । अर्को खेलमा आर्सनलले डनकास्टर रोभर्सलाई १–० ले हरायो ।

 आर्सनलको जितमा थियो वालकोटले गोलको गोल नै निर्णायक बन्यो । एर्भटनले सन्डरल्याण्डलाई ३–० ले हरायो । एभर्टनको जितमा काल्भर्ट लिविनले दुई तथा ओमार निसारले एक गोल गरे ।  

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...