Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
खेलकुद
युरोपियन सुपर कपको उपाधि रियाल मड्रिडले जित्यो, क्यासेमिरो र इस्कोले गरे गोल

 
मेसेडोनियाको राजधानी स्कोप्य शहरमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।
 
जिनेदिन जिदानको प्रशिक्षणमा रहेको युएफा च्याम्पियन्स लिग विजेता रियाल मड्रिडले जोजे मौरिन्होको प्रशिक्षणमा रहेको युरोपा लिग विजेता म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको हो ।
 
खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्यासेमिरो र ईस्कोले एक–एक गोल गरे ।
 
पराजित टोली म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
 
जितसँगै रियाल मिड्रड सन् १९९० पछि युएफा सुपर कप फुटबलको साविक उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।
 

उता म्यान्चेस्टर युनाईटेडले भने यो सिजनमा खरिद गरेको तीन जना नयाँ खेलाडीहरुलाई सुरुवाती एघारमा मैदानमा उतारे पनि सोचे अनुसारको नतिजा हात पार्न सकेन ।
 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...