Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
अमेरिकालाई उत्तर कोरियाको चेतावनी– ‘प्रतिबन्धको मूल्य चुकाउनुपर्छ’


संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो ।

उत्तर कोरियाले आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ ।

फिलिपिन्समा आयोजित क्षेत्रीय सम्मेलनका क्रममा उत्तर कोरियाका प्रवक्ता बैंङ्ग क्वाङ्ग ह्युकले कोरियाली प्रायद्वीपका केही स्थानको खराव अवस्था र परमाणु कार्यक्रमको सम्पूर्ण जिम्मेवारी अमेरिकाको भएको आरोप लगाए ।


यसअघि दक्षिण कोरियाले राखेको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको थियो । साथै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनीसमेत दिएको छ । (एजेन्सी)

 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html