Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
खेलकुद
टाइ ब्रेकरमा चेल्सीलाई पराजित गर्दै आर्सनलले चुम्यो उपाधि

काठमाडौं, साउन २३ । यस वर्षको कम्युनिटी सिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ ।वेम्बले रंगशालामा गएराति भएको खेलमा प्रतिद्वन्द्वी चेल्सीलाई टाई ब्रेकरमा हराउँदै आर्सनलले नयाँ सिजनको पहिलो फुटबल प्रतियोगिताको रुपमा कम्युनिटी शिल्ड जितेको हो । कम्युनिटी सिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताले खेल्ने प्रावधान छ ।
 
चेल्सीका लागि भिक्टर मोसेसले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ८०औं मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो । यही अवसरको फाइदा उठाउँदै आर्सनलका नयाँ खेलाडी सिद कोलासिनाचले बराबरी गोल गरेका हुन् ।
 
निर्धारित ९० मिनेटको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र स्ट्राईकर अल्भारो मोराटाको प्रहार बिफल भएपछि आर्सनलले उपाधि जितेको हो ।
 
चेल्सीका लागि पेनाल्टी सुटआउटमा ग्यारी केहिलले मात्र गोल गरे । आर्सनलका थियो वाल्कट, नाचो मोन्रीयाल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभर जिरुले गोल गरेका थिए ।
 


जितसँगै आर्सनलले नयाँ सिजनको इङ्लिस फुटबलमा ताजा दावेदारी दिएको छ भने साविक विजेता चेल्सी अर्को हप्ता सुरु हुने लिग पूर्व नै दबाबमा आएको छ ।

 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...