Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
ट्रम्पले गरे रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा हस्ताक्षर

 
अमेरिकी संसद सिनेटले विधेयक पास गरेपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन । विधेयकमा इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाइने उल्लेख छ ।
 
नयाँ कानुनले राष्ट्रपति ट्रम्पको असिमित अधिकारलाई पनि केही कटौती गरिदिएको छ ।
 
गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेप र सिरिया तथा युक्रेनमा भएको आक्रमणका लागि रुसलाई दण्डित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।
 
यसैबीच अमेरिकाले प्रतिबन्धलगाएको विषयमा रुसले कड आपत्ति जनाएको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले रुसका विरुद्ध व्यापारिक युद्ध घोषणा गरेको बताए ।
 


इरानले पनि नयाँ प्रतिबन्धले परमाणु सम्झौताको उल्लंघन भएको भन्दै यसको उचित तरीकाले जवाफ दिने प्रतिक्रिया दिएको छ ।(एजेन्सी)

 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html