Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
एघार जिल्लामा ‘प्रेम गीत-२’ को हंगामा, काठमाडौंमा अर्को भब्य तयारी

काठमाडौं, असार २७ । चलचित्र प्रचारको नौलो र पृथक तरिका अपनाएको ‘प्रेम गीत-२’ युनिटले देशका ११ सहरको भ्रमण सकेर राजधानीमा तयारी थालेको छ ।

दमौलीदेखि नेपालगञ्ज हुँदै बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरीसम्मको टुर सकाएर फर्किए लगत्तै काठमाडौंमा प्रचारको पृथक कार्यक्रमको तयारी थालेको छ ।

दुई साता लामो टुर सकेर फर्किएको टोलीले अब काठमाडौं, ललितपुर र भक्तपुरमा कन्सर्ट गर्ने जनाएको छ ।

‘हामी वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ निर्माता एवम् अभिनेता सन्तोष सेन भने, ‘एघार सहरमा हामीले एउटै मन पायौं । दर्शक प्रेम गीतबाट स्तरीय मनोरन्जन चाहन्छन् ।’
कार्यक्रमको सिलसिलामा अभिनेता प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसँग घोलिन पाएँ’ प्रदीपले सुनाए ।

अश्लेषा ठकुरीले मोफसलको यात्राले निकै जान्ने, सिक्ने र समाज पढ्ने मौका मिलेको बताइन् ।

१३ साउनबाट प्रदर्शनमा आउने चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् ।

नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको सिनेमाले तत्कालिन बर्मा र जापानबीचको युद्धको कथा बोल्छ ।

प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ ।छ ।

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html