Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
प्रवास
१७ नेपाली साउदीमा अलपत्र

उदयपुर, असार  ६ – साउदीमा १७ जना युवा अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको साउण्ड लाइन रिक्रुमेन्ट सर्भिसेस प्रा.लि बाट साउदी गएका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन् ।

अलपत्र पर्नेमा उदयपुरका बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, सोभित राई, मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, गोविन्द खड्का रहेका छन् ।

यस्तै उदयपुरकै हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल रहेका छन् । उनीहरु सबै जना उदयपुरका त्रियुगा नगरपालिका र साविको हडिया गाविसका हुन् ।

खान बस्न र बिरामी पर्दासमेत उपचार नपाएको अलपत्र परेका पर्वत कार्कीले बताउनुभएको छ । शाखाका एजेन्ट त्रियुगा नगरपालिका–१२ गाईघाटका नेत्र लिम्बु र उहाँकी श्रीमती रेस्मा लिम्बुले पठाएका युवा अलपत्र परेका हुन् ।

उनीहरु गएको चैत्र र वैशाखमा साउदी गएका थिए । परिवारले एजेन्टसँग अलपत्र परेकालाई नेपाल फर्कादिन आग्रह गर्दा ज्यान मार्ने धम्कि दिएको परिवारले बताएका छन् । अलपत्र परेका तेजबहादुरका बुवा गजकेशर कटुवालले एजेन्ट नेत्रले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रशासनमा सुरक्षा पाउँ भन्दै निवेदन दिनुभएको छ ।

Program Schedule
Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...