Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
राजनीति
राप्रपाको एकता महाधिवेशन आजदेखि

ताप्लेजुङ , ६ फाल्गुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा  दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् ।

राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ ।  महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने राप्रपाले जनाएको छ ।

महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।
शनिबारदेखि बन्दसत्र सुरु हुने राप्रपाले जनाएको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html