Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
पाकिस्तानमा आइएसको हमला, ७० जनाको मृत्यु

ताप्लेजुङ , ६ फाल्गुन ।  पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ ।

दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् ।

सेहवन शहरस्थित सूफी सन्त लाल शाहबाज कलन्दरका दरगाहमा भक्तजनको भीड भएको स्थानमा आक्रमणकारीले आफैंमाथि विष्फोट गराएको प्रहरीले जनाएको छ ।

सो घटनाको प्रधानमन्त्री नवाज शरीफले निन्दा गरेका छन् । घटनामा संलग्नलाई नछाडिने प्रतिक्रिया शरीफले दिएका छन् ।

आईएसले ट्विट गरी घटनाको जिम्मेवारी लिएको हो । यस घटनापछि अरु दरगाह बन्द गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसै हप्तामात्र लाहौरमा पञ्जाब विधान सभानजिक तालिबानले गराएको विष्फोटमा १३ जना मारिएका थिए । (एजेन्सी)

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...