Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
संचारमाध्यम बेइमान बनिसकेको अमेरिकी राष्ट्रपतिको निष्कर्ष

ताप्लेजुङ , ६ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन्

 

उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन्

ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र ब्यहोर्नु परेको तर सञ्चारमाध्यमले भने त्यस स्थितिको ख्याल नगरी आलोचनामा समय खर्चेको टिप्पणी गरे

मीडिया अत्यन्तै बेइमान भइसकेको भन्दै ट्रम्पले अब यसबारे चर्चा नगर्ने हो भने अमेरिकी जनतामा ठूलो नोक्सान ब्यहोर्नुपर्ने बताए

शेयर बजारमा भएको सुधार गैरकानूनी आप्रवासीमाथि गरिएको कारवाही यस अवधिको उपलब्धि भएको जिकीर पनि उनले गरे यात्रा प्रतिबन्धसम्बन्धमा आउँदो हप्ता संशोधित कार्यकारी आदेश ल्याइने जानकारी पनि उनले दिए, जसमा अदालतको आदेशलाई ख्याल गरेर प्रबन्धहरु गरिने

रुससँग राम्रो सम्बन्ध विकास गर्न खोजिएकामा मीडियाले साथ नदिएको उनको आरोप (एजेन्सी)

 

 

 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html