Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
News »
राजनीति
स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

ताप्लेजुङ, ५ फाल्गुन ।   उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

ठमाडौंमा बुधबार आयोजित चुनावसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले (स्ववियु) चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री निधिले समयमै स्ववियु चुनाव गर्ने विषयमा विभिन्न राजनीतिक दलका सबै नेतासँग छलफल भइरहेको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले तोकिएकै समयमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

स्ववियु चुनाव निर्धारित समयमै गराउनेबारे बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको थियो । रासस

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...