Date Saturday, 2017 Mar 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
निस्वार्थ रोनाल्डो फेरि गोलबिहीन

फागुन ५ – च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले नापोलीलाई ३–१ ले हरायो । तर यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

रोनाल्डोले च्याम्पियन्सलिगमा पाँच सय २३ मिनेटसम्म गोल गर्न सकेका छैनन् । प्रतियोगितामा रोनाल्डोको यो सबैभन्दा लामो गोलको खडेरी हो । रोनाल्डोले पहिलो हाफमा गोल गर्ने मौका गुमाए । तर उनले १२ यार्डबाट प्रहार गरेको बल बारमा लागेर फर्कियो । गोल गर्न नसकेपनि उनले गोलका लागि राम्रा अवसर भने सिर्जना गरे । उनको प्रशर्दकन कुनै पनि रुपमा स्वार्थी रहेन । उनले खेल सुरुभएको २३ सेकेण्डमै गोलका लागि राम्रो अवसर बनाए । करिम बेन्जिमालाई गोलका लागि बल पास दिएका थिए । तर बेन्जिमाको प्रहार नापोलीका गोलरक्षक रेइनाले रोके । पहिलो हाफमा १–१ को बराबरीमा रोकिएको रियल मड्रिडलाई दोस्रो हाफमा अग्रता दिलाउनुमा रोनाल्डो महत्वपूर्ण रहे । उनले दोस्रो हाफको सुरुमा नै आफ्नो नियन्त्रणमा रहेको बल टोनी क्रसलाई पछाडी तर्फ पास दिए र क्रसले त्यसलाई गोलमा परिणत गरे । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा अहिलेसम्म सात खेलमा पाँच गोलका लागि सहयोग गरेका छन् । उनले च्याम्पियन्स लिगमा गोलका लागि अरुलाई अवसर बनाइदिएको यो अहिलेसम्मकै धेरै हो । यसले रोनाल्डो निस्वार्थी रहेको देखाउँछ ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...