Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
राजनीति
राधाकृष्ण मैनालीलाई एमालेले कारवाही गर्ने

ताप्लेजुङ, ५ फाल्गुन ।   कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले हालै प्रकाशित पुस्तकमा आफ्नो बारेमा लेखेका कुरा झुटो भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएपछि एमालेले मैनालीलाई कारवाही गर्ने भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्यूरो बैठकमा नेपालले पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मैनालीले लेखेको पुस्तकमा उल्लिखित अंश झुटो, पूर्वाग्रह, बदनाम र तेजोबध गर्ने हिसाबले आएको भन्दै आपत्ति जनाएका थिए ।

मैनालीले हालै सार्वजनिक ‘नलेखिएको इतिहास’ पुस्तकमा ०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालिन मालेको केन्द्रीय समिति बैठकमा नेपालले भारतका सेनाको सहयोगमा गणतन्त्र स्थापन गर्ने प्रस्ताव गरेको उल्लेख छ ।

‘त्यसबेलाका केन्द्रीय समितिका कामरेडहरु यहाँ हुनुहुन्छ, अध्यक्ष कामरेड पनि यहाँ हुनुहुन्छ, ल तपाईहरु नै भन्नुस्, त्यसबेला मैले यस्तो प्रस्ताव कहिले ल्याएको थिएँ ?’ नेपालको भनाई उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने ।

त्यसपछि अध्यक्ष ओलीले जवाफमा मैनालीले पुस्तकमा उल्लेख गरेको माधव नेपालबारेको उक्त अंश झुट भएको र त्यस्तो कुनै प्रस्ताव नआएको भन्दै पार्टीले त्यसको औपचारिक खण्डन गर्ने र मैनालीलाई सचेत गराउने आश्वासन दिएका थिए ।
 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html