Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
२८ नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड

ताप्लेजुङ , ४ फाल्गुन ।   नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा निधन भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापतको पाँच करोड पाँच लाख ९९ हजार ७११ रुपैयाँ परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले मंगलबार प्रेस विज्ञप्तिमार्फत आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ को अहिलेसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ ।

कुवेतमा गएका वर्षहरुमा निधन भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र त्यसैको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर बस्नेत, कामी सिंह गोले, यामबहादुर बस्नेत, गजेन्द्रकुमार बिक, आइतराज तामाङ, सुकान चौधरी, चित्रबहादुर कुवर, नरबहादुर चेम्जोङ, दुर्गाबहादुर थापा, अमृतबहादुर बम्जन, ऋषिप्रसाद देवकोटा, सत्यनारायण साह, दिलबहादुर तामाङ, खड्गकुमार राई, वीरबहादुर गुरुङ, आइबहादुर दर्जी, रामपुकार भण्डारी, विजय विक, गोविन्द विक, सुताइ साह तेली, देवराज ओली, दुलार ठाकुर, केशरबहादुर नेम्वाङ र सुनिता गुरुङले पाउने क्षतिपूर्ति वापत ४० हजार ६७० कुवेती दिनारदेखि २५० कुवेती दिनारसम्मको क्षतिपूर्ति पठाएको जनाएको छ । रासस

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html