Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
देश
बलात्कृत युवतीको रद्द भयो बिहे

ताप्लेजुङ , ४ फाल्गुन ।   कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।

१७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ ।

केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए ।

विपन्न परिवारकी युवती भारत भन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुबासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो ।

जिल्लाको तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत पकडी बजार नजिक सिसौ घारीमा गत माघ २६ गते सामूहिक बलात्कार भएको थियो ।
 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html