Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
बार्सिलोनाको लज्जास्पद हार, पिएसजीले हान्यो ४ गोल

ताप्लेजुङ , ३ फाल्गुन ।   युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।

फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४-० ले हराएको हो ।

खेलमा पि.एस.जी.लाई विजयी गराउन एन्जल डि मारीयाले दुई गोल गरे भने जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोल गरे ।

यो हारसँगै वार्सिलोनाको क्वाटरफाईनल पुग्ने सम्भावना निकै कमजोर भएको छ ।

युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिन पहिलो लेगकै अर्को खेलमा पोर्चुगलको बेनीफीकाले जर्मनीको बोरुसीया डर्टमण्डलाई १-० ले हरायो ।

बेनिफीकालाई विजयी गराउन कोस्टान्टीनोसले निर्णायक गोल गरे ।

च्यम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज जर्मन क्लब बायर्न म्युनिखले इङ्ल्यान्डको आर्सनलसँग खेल्दा स्पेनको रियाल मड्रिड र ईटालीको नापोली भिड्नेछन् ।
 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html