Date Saturday, 2017 Mar 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
राजधानीमा ‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं


 
काठमाडौं, माघ २६ । काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने भएको छ ।

मुलुकको पूर्वाधार र भौगोलिक यथार्थता अनुसार स्काई रेलको सम्भावना बढी सहज हुने भएकाले अध्ययन थालिएको काठमाडौं महानगरपालिकाले जनाएको हो । सम्बन्धित विशेषज्ञहरुबाट तीन महिनापछि सम्भाव्यता अध्ययन प्रतिवेदन आउने र त्यसपछि कुन मोडल र कस्तो रेल सञ्चालन गर्ने भन्ने निर्णय लिइने काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिङ तामाङले जानकारी गराए ।

काठमाडौंमा रेल चलाउने बारेमा लगानी बोर्डले पनि अध्ययन शुरु गरिसकेको छ । मलेसियालगायत देशमा स्काई रेल चलिरहेकाले काठमाडौंमा पनि यसको राम्रो सम्भावना रहेको विशेषज्ञहरु बताउँछन् ।

काठमाडौं नगरपालिकाले यसका लागि सरकारी र निजी क्षेत्रलाई पनि सामेल गराईने जनाएको छ । साइमेक्स कम्पनीले चिनियाँ प्राविधिकहरुको सहयोगबाट काठमाडौंमा स्काई रेल निर्माणको जिम्मा लिएको छ ।

कम्पनीले स्काई रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने जनाएको छ । आगामी एक वर्षभित्र काठमाडौंका सबै रुटमा यसको अध्ययन भईसक्ने छ । मोनो रेल आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनै असर पर्ने छैन ।
 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...