Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने

ताप्लेजुङ, २० माघ ।   देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् ।

तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

‘जोखिमको अवस्थामा पुगेका मध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुलशाखा प्रमुख सरोजकुमार प्रधानले भने ।

सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ तर अधिकांश पुल निर्माण भएको ४० वर्ष पुरा भइसकेको छ । –नयाँ पत्रिका दैनिकबाट
 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html