Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
बार्सिलोनाले जित्यो, मेस्सी र स्वारेज नायक

ताप्लेजुङ, २० माघ ।   स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र लियोनल मेस्सीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । स्वारेजले सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका हुन् ।

३३ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । पहिलो हाफमा २–१ ले पछि परेको एथ्लेटिको मड्रिडका लागि ५९ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए । तर त्यो गोल हारबाट जोगिन पर्याप्त भएन । एन्टोनीको गोलले दोस्रो लेगमा राम्रो गरे फाइनलमा पुग्ने सम्भावना भने एथ्लेटिको मड्रिडलाई दिलाएको छ । दोस्रो लेग आउँदो मंगलबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । विजेताले एलाभेस र सेल्टा डि भिगोबिचको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html