Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
साहित्य
लोसार पर्व हिजो र आज

डोमा शेर्पा । लोसारलाई वौद्ध धर्मावलम्बीहरुले महान चाँडको रुपमा मनाउने गर्दछन् । लोसार भनेको पुरानो सालको अन्त्य र नयाँ सालको आगमनलाई जनाउँदछ । अर्थात साब्दिक अर्थमा लो भनेको वर्ष र सार भनेको नयाँ भन्ने बुझिन्छ । त्यसैबाट लोसारको उत्पति भएको भन्ने इतिहास छ । लोसार पुष महिना देखि सुरु भई फागुन महिनामा समाप्त हुने गर्दछ । शेर्पा, तामाङ, गुरुङ, ह्याल्मो टिभेटियनलगायत वौद्ध धर्म मान्ने समुदायले घर परिवार, आफन्त तथा साथी  सङ्गीसँग शुभकामना आदन प्रदान गरी १० देखि १५ दिनसम्म हर्षोल्लासका साथ मनाउने गर्दछन् । 

लोसार पर्व तमु लोसार, सोनाम लोसार तथा ग्याल्वो लोसार गरि फरक–फरक जातिले फरक तरिकाबाट मनाउने गर्दछन् । तमु लोसार विशेष गरी गुरुङ समुदायले मनाउने गर्दछन् भने सोनाम लोसार तामाङ समुदायले र ग्याल्वो लोसार शेर्पा, टिभेटियन, ह्याल्मो समुदायले मनाउने विशेष प्रकारको चाड हो । तमु पुस महिनामा, सोनाम माघ महिनामा र ग्याल्बो फागुन महिनामा मनाइने गरिन्छ । 

त्यसो त यस वर्षको ग्याल्वो लोसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, टिभाटियन तथा ह्योल्मो समुदाय जुटि

रहेको छ । शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २÷३ दिन अगाडी घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ । घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै भटमास केराउ चना मुला चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको सख्यां अनुसार पिठोका डल्लाहरु बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइलाआदीइत्यादि) सामग्री राख्ने गरिन्छ  । ती सामाग्रहरुमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रुपमा अथ्र्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री प¥यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ । 

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २÷३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पुजा गरी धारामा करक्याङ(घ्यू), खादा धुपले पुजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरि सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ ।

लोसारमा असुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ । लोसारका लागि तयार पारेर राखिएका परिकारहरु (जस्तै छिमार,खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ ।

त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरुमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो  घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच लोसार मनाई सकेपछि  छिमेकीलाई घरमा बोलाएर अथवा घरमा प्रसाद पु¥याउने वा आदनप्रदान गर्ने तथा गाउँका सबै एक ठाउँमा जम्मा भएर आफ्नो मौलिक संस्कृति झल्कने भेषभुषा, गरगहना लगाएर एक आपसमा शुभकामना आशिर्वाद आदनप्रदान गर्ने गरिन्छ । 

अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ । पछिल्लो समयमा लोसारको नाममा आफ्नो सांस्कृतिको संरक्षण गर्नुको सट्टा पश्चिमी सँस्कृतिमा रम्ने, पार्टी आयोजना गर्ने होहल्ला गर्ने जस्ता समुदायलाई अपाच्य हुने खालका सामाजिक विकृतिहरु पनि देखिन थालेका छन् । यसरी नै हाम्रो मौलिक सँस्कृति एवंम परम्परामा नराम्रो प्रभाब पर्दै जाने हो भने पछि आउने हाम्रा भावी पुस्ताहरुका लागि ‘लोसार पर्व’ एका देशको कथामा सिमित हुने देखिन्छ । यद्यपी हामी युवाहरुले त्यस्ता कुरालाई ध्यानमा राख्दै हातमा हात, काधमा काध मिलाएर आफ्नो भाषा, संस्कार, सँस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी भइसकेको छ । एकजुट भएर अगाडी बढे अवश्य पनिे आफ्नो सँस्कृतिको संरक्षण गर्न सकिन्छ । त्यसबाट आफुलाई त फाईदा पुग्छ नै, भावी पुस्ताका लागि समेत त्यो एउटा उदाहरणीय बन्न सक्छ ।

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...